काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

गुल्मीमा खेतालालाई सुर्ती लिन बजार गएकी एक किशोरी नग्न अवस्थामा मृत भेटिइन्

4.04K
shares
khanepani bord

रूपन्देही । गुल्मीमा खेतलालाई सुर्ती लिन बजार गएकी एक किशोरी नग्न अवस्थामा मृत भेटिएकी छन् ।स्थानीयका अनुसार चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बजार नजिकैको झोलुङ्गे पुलमुनि खोलामा नग्न अवस्थामा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय मनिषा चुँदालीको शव फेला परेको हो ।

बिहीवार दिउँसो ११ बजे धान स्याहार गर्ने खेतालालाई सुर्ती ल्याइदिन बजार गएको तर सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खोजतलासीको लागि खबर गरेका थिए । किशोरीको हत्या भएको आशंका गरिएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको छ । घटनाबारे थप जानकारी आएपछि विवरण उपलब्ध गराउने जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

मृतक किशोरीको परिवार बिगत केही समयदेखि शान्तिपुर बजारको श्रीलंका टोलमा बसोबास गर्दै आएको स्थानीयले बताए ।

IME
khanepani