काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

मधेस प्रदेशसँग जोडिने नेपाल–भारत सीमास्तम्भहरुको पुनर्निर्माण र रंगरोगन शुरु

3.86K
shares
khanepani bord

काठमाडौं । नेपाल सशस्त्र प्रहरी बलले मधेसका जिल्लाहरुसँग जोडिएको भारतीय सीमानाकामा रहेका सीमास्तम्भहरुको पुनर्निर्माण, मर्मतसम्भार तथा रंगरोगनको काम शुरु गरेको छ ।

४ हजारभन्दा बढी सीमास्तम्भहरुको पुनःनिर्माण, मर्मतसम्भार र रंगरोगनको काम शुरु गरिएको हो । धनुषाको सीमावर्ती पालिका नगरपालिका नगराईन नगरपालिकाको वडा नम्बर–२ जटही नाकामा सीमास्तम्भको मर्मत गरेर सीमास्तम्भ मर्मत तथा रंगरोन कार्यको शुभारम्भ गरिएको हो ।

मधेस प्रदेशका आठ वटै जिल्लाको भारतीय सीमानाकामा रहेको ४ हजारभन्दा बढी सीमास्तम्भहरुको पुनःनिर्माण थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनीका वाहिनीपति दीपेन्द्र शाहले जानकारी दिए । उनले पहिलो चरणमा १ हजार सीमास्तम्भको मर्मत तथा रंगरोगन गरिने बताए ।

२०७७ साल श्रावण १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकबाट नेपालले सीमामा रहेका बेजोर नम्बर भएको सीमास्तम्भको पुनःनिर्माण, मर्मतसम्भार तथा रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय गरेको थियो । त्यस्तै भारतीय पक्षले जोर नम्बर भएको सीमास्तम्भको मर्मत तथा रंगरोगन गर्ने वाहिनीपति शाहले बताए ।

सीमा सुरक्षाका लागि सीमा स्तम्भको मर्मतसम्भारले सीमा स्तम्भको मात्र नभई दुई देशकै सुरक्षा, सद्भाव र प्राविधिक जटिलतालाई समाधान गर्ने भारतको एसएसबी ४८ औं बटालियन जयनगरका डेपुटी कमाण्डेण्ट सन्तोष निमोरियाले बताए ।

सीमावर्ती पालिकाका प्रमुखहरुले काम ठिक तरिकाबाट भइरहेको बताएका छन् । सीमा सम्बन्धमा कुनैपनि निर्णय गर्दा काठमाडौं र दिल्लीका प्रतिनिधी दुवै देशको राजधानीमै बसेर कुनै ठोस निर्णय गर्न नहुने सुझाव दिएका छन् । उनीहरुले सुरक्षाकर्मीको काम ठिकै भएपनि नीतिगत कुराहरुमा सीमावर्ती जनताको सुझावको स्वामित्व समेत हुनुपर्ने बताए ।

सो अवसरमा नगराई नगरपालिकाका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाँउपालिकाका अध्यक्ष जयकुमार यादव, सम्बन्धित वडा अध्यक्ष, सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दिनेश मल्ल, दुवै तर्फका सीमा सुरक्षा बलका जिल्ला प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

यसअघि कात्तिक १ गते सशस्त्र प्रहरी बल मधेस प्रदेश मुख्यालयले बर्दिवासमा मधेसका सीमावर्ती १ सय ४३ वडाका वडा अध्यक्षहरुसँग सीमासुरक्षा, समस्या, चुनौति र समाधानबारे सुझाव लिएको थियो ।

IME
khanepani