गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

लुम्बिनीका मुख्यमन्त्री अमेरिका जाँदै,कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाए अर्थमन्त्री धनबहादुर मास्कीले

5.37K
shares
khanepani bord

रूपन्देही । लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीले पाएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई मुख्यमन्त्रीको हैसियतले दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन आज अमेरिका प्रस्थान गर्ने भएकोले उनको अनुपस्थितिमा मुख्यमन्त्रीको हैसियतले दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई तोकेको प्रदेश प्रमुखको सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।

IME
khanepani