डोटीको सायल गाउँपालिकाले पनि भूकम्प पीडितलाई २ लाख सहयोग गर्ने
वि.सं.२०८० कात्तिक १९ आइतवार ०८:५२
shares

डोटी । डोटीको सायल गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावितहरूलाई राहत स्वरूप २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले शनिवार एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावित दुवै जिल्लालाई १/१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
‘दुःखको घडीमा सद्भाव स्वरूप तत्काल राहतका लागी जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा जम्मा हुने गरी १/१ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको’ अध्यक्ष जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि डोटीको बोगटान फुड्सिल गाउँपालिकाले पनि २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ ।

























