काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ खरिद–बिक्री?

4.37K
shares
khanepani bord

काठमाडौ । काठमाडौ साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार स्थिर रहको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ।

शुक्रबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

IME
khanepani