काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

भूकम्प प्रभावित क्षेत्रतर्फ लाग्यो उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको टोली

5.1K
shares
khanepani bord

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदसहितको टोली भूकम्प प्रभावित क्षेत्र लागेको छ ।

पीडितको उद्धार, राहत र उपचार अवस्था बुझ्न उक्त टोली जाजरकोट र पश्चिम रुकुमतर्फ लागेको हो । मन्त्री र सांसदको टोली नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्नेछ । राहतका रूपमा एक हजार ५० स्लिपिङ ब्याग, २०२ त्रिपाल र १०० ब्ल्याङ्केट पनि वितरण गरिने बताइएको छ ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यमन्त्री मोहनबहादुर बस्नेत, ऊर्जामन्त्री शक्ति बस्नेत, माओवादी सांसद जनार्दन शर्मालगायत छन् ।

IME
khanepani