काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा गएको हवाईको इन्धन निगमले व्यहोर्ने

3.99K
shares
khanepani bord

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका जहाजको इन्धन नेपाल आयल निगमले व्यहोर्ने भएको छ । निगमले विज्ञप्ति निकाल्दै उक्त जानकारी गराएको हो ।

‘यस विपदको घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाईन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धनबापतको रकम नेपाल आयल निगमले आफ्नो आर्थिक वर्ष २०८० र ८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ’, निगमले भनेको छ ।

नेपाल एयरलाइन्स र सेनाको स्काइ ट्रक, हेलिकप्टर राहत तथा उद्धार कार्यमा परिचालन गरिएको छ ।

IME
khanepani