काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

राहत लिएर भूकम्प प्रभावित क्षेत्रमा पुगे प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे

4.5K
shares
khanepani bord

जाजरकोट । रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्प पीडितहरूको लागि राहत लिएर जाजरकोट पुगेका छन्।

सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेलले कार्तिक १९ गते भूकम्प पीडितको लागि राहतको लागि चामल, चिउरा, खानेतेल, चाउचाउ, सोयाबिन, दालमोट लगायतका विभिन्न खाद्य सामग्री जिल्ला प्रशासन कार्यालयलाई प्रदान गरेका छन्।

एकद्वार प्रणालीमार्फत राहत प्रदान गर्ने नीतिअनुसार जाजरकोट जिल्ला प्रशासन कार्यालयमा राहत सामग्री हस्तान्तरण गरिएको सांसद घिमिरेले जानकारी दिए ।
सांसद घिमिरेले आफ्नो तर्फबाट र गाउँपालिका अध्यक्ष पौडेलले पालिकाको तर्फबाट भूकम्प पीडितलाई राहत प्रदान गरेका हुन् ।

पीडितलाई तत्काल खाद्य सहितका राहत सामग्री आवश्यक पर्ने भएकोले भूकम्प गएकै भोलिपल्ट भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेर राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

जाजरकोट जिल्ला अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेर उनीहरूले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिए । जाजरकोट पुगेका उनीहरूले सरकारी अधिकारी र स्थानीय जनप्रतिनिधिहरुसँग भूकम्पबाट भएको क्षति, उद्धार र राहत वितरणको स्थलगत अवलोकन समेत गरेका थिए ।

IME
khanepani