
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय -यूएनडीआरआर) को एशिया प्यासिफिक क्षेत्रका प्रतिनिधि मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग क्षेत्रीय प्रतिनिधि मार्कोले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा विपद् जोखिम न्यूनीकरण गर्दा अपनाउनु पर्ने संरचनात्मक तथा विधिगत उपायका विषयमा छलफल भएको थियो । उपाध्यक्ष श्रेष्ठले विपद् जोखिम न्यूनीकरणमा नेपाल निकै अघि बढेको जानकारी गराए ।
भेटमा संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीको समेत उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्