काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

कञ्चनपुरमा एक वृद्धाको शव फेला, हत्या गरिएको आशंका

5.34K
shares
khanepani bord

कैलाली । कञ्चनपुरमा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा सोही ठाउँकी अन्दाजी ६० वर्षीया नन्दा (नारु) देवी जोशीको शव फेला परेको हो ।

आइतबार साँझ घाँस काट्न गएकी उनी अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा सोमबार बिहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले बताए ।

प्रहरीका अनुसार घटना शङ्कास्पद रहेको छ । ‘बाहिरी चोट त्यस्तो देखिएको छैन घाटीमा निलडाम छ । घटना शङ्कास्पद छ हामी अनुसन्धान गरिरहेका छौँ’, डिएसपी डाँगीले भने ।

वृद्धाले लगाएको गहना पनि लुटिएको डिएसपी डाँगीले बताए ।

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीर बहादुर बुडाऐर नेतृत्वको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

IME
khanepani