भूकम्प प्रभावितलाई सहयोग गर्न एकीकृत समाजवादीले बनायो प्रकाश ज्वालाको नेतृत्वमा समिति
वि.सं.२०८० कात्तिक २० सोमवार १५:२७
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जाजरकोट भूकम्पमा पार्टीका तर्फबाट अनुगमन र परिचालनका लागि उपमहासचिव प्रकाश ज्वालाको नेतृत्वमा समिति गठन गरेको छ ।
सोमबार बसेको पार्टी सचिवलायमा बैठकले उपमहासचिव ज्वालाको नेतृत्वमा ९ सदस्यीय अनुगमन समिति गठन गरेको महासचिव घनश्याम भुसालले बताए ।
ज्वालाको संयोजकत्वमा कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश कमिटी अध्यक्ष अमर थापा, धनबहादुर बुढा, नन्दा चपाईं, कल्याणी खड्का, विमल पुन, ठडेन्द्रप्रसाद पुरी, कृष्ण विसी सदस्य रहेका छन् ।
यस्तै एकीकृत समाजवादीले भूकम्प प्रभावितका लागि २५ लाख सहयोग गर्ने निर्णय समेत गरेको छ ।























