काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २८ प्रतिशतले घट्योः अध्यक्ष केसी

5.8K
shares
khanepani bord

काठमाडौं ।नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताए ।

सोमवार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन । अध्यक्ष केसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत बढ्न नसकेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १६ अर्ब पुगेको बताए । उनले चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको उल्लेख गरे । उहाँले चालु आवको पहिलो त्रैमासमा बैंकको कर्जा मात्रै नभएर डिपोजिट समेत धेरै बढ्न नसकेको बताए । उनले निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भएको दाबी गरे ।

अध्यक्ष केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) को रकममा उच्च वृद्धि भएको समेत बताए । उनले लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको बताए । उनले कात्तिक १७ गतेसम्म २० वटा वाणिज्य बैंकहरुको करिव ७४ अर्बको कर्जा बढ्दा १२१ अर्बले निक्षेप बढेको बताए । उनले गत वर्ष सोही समयमा करिव ४७ अर्ब बढेको बताए । उनले २० वटा बैंकको अवस्था हेर्दा एउटा बैक घाटामा,१३ वटा बैंक गत वर्षको भन्दा कम नाफा र ६ वटा बैंकको केही मात्रामा नाफा बढेको बताए। उनले विश्व व्यापी रुपमा देखिएको मूल्यवृद्धि,उच्च ब्याजदर सबैखाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको असर बैंकिङ क्षेत्रमा पनि देखिएको बताए । उनले मौद्रिक र वाह्य क्षेत्रमा केही प्रगति भएपनि विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको बताए । उनले बैंकको खराब कर्जा ३.६१ प्रतिशत पुगे पनि दक्षिण एशियाली देशसँग तुलना गर्दा डराउनुपर्ने अवस्था नभएको भएपनि सजग हुनैपर्ने अवस्था रहेको बताए ।

उनले भने,‘धेरै समयपछि पहिलो पटक नेपालको बैंकिङ उद्योगको तथा वाणिज्य बैंकहरुको रिजल्ट हेर्दा गत वर्ष भन्दा नाफा घटेको छ । करिव १८.७ विलेनको गत वर्ष मर्ज भएका बैंकहरुलाई समेत हेर्दा थियो । अहिले आएर १३.४७ मिलियनको नाफा भएको छ । त्यो भनेको करिव २८ प्रतिशत बैंकहरुको नाफा घटेको छ । त्योसँगै अन्य सूचकहरुमा पनि नेट इन्टे«ष्ट इन्न्कम पनि खासै बढ्न सकेको छैन । त्यही लेभलमा नै छ । फिइज इन्कममा करिव एक अर्ब जति वृद्धि भए पनि १४ प्रतिशत जति मात्रै हो । कस्ट मोरल लेस त्यही अवस्था छ । मुख्य रुपमा लाने लसको प्रोभिजनल छ । त्यो करिव १६ अर्ब जतिको प्रोभिजन हामीले गरेका छौं । गत वर्षको यही त्रैमासिकमा ७ अर्बको हाराहारीमा थियो । मुख्य असर बैंकहरुको नाफामा प्रोभिजननको कारणले गर्न गएको छ । त्यो बाहेक विजनेश ग्रोथपनि माथि उठ्न सकेको छैन । कात्तिक १७ गतेसम्म हेर्ने हो भने २० वटा वाणिज्य बैंकहरुको करिव ७४ अर्बको कर्जा बढेको छ । १२१ अर्ब जतिको निक्षेप बढेको छ । गत वर्षको कर्जा भन्दा केही बढी हो । गत वर्ष सोही समयमा करिव ४७ अर्ब जतिको भएको थियो । तर बैंकहरुले अपेक्षा गरे अनरुप कर्जा पनि बढ्न सकेको छैन । १२० अर्बको निक्षेप पनि गत वर्षको भन्दा बढी हो । गत वर्ष २२ अर्बले मात्रै बढेको थियो । २० वर्षको अवस्था हेर्दा एउटा बैंक घाटामा गएको छ भने १३ वटा बैंक गत वर्षको भन्दा कम भएको छ ।

६ वटा बैंकको केही मात्रामा मार्जिन रुपमा नाफा बढेको देखिन्छ । विश्व व्यापी रुपमा देखिएको मूल्यवृद्धि ,उच्च ब्याजदर सबै खाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको कारण अफ्ठ्यारो परिरहेको छ । त्यसको असर बैंकिङ क्षेत्रमा पनि देखिएको छ । मौद्रिक र वाह्य क्षेत्रमा केही प्रगति भएको देखिएको छ । विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको छ । यसको बाबजुत अझै पनि अपेक्षा अनुसार वृद्धि नहुँदा समग्र निजी क्षेत्रको व्यापारमा शिथिलता हुँदा बैंकहरुमा असर पर्न गएको छ । कर्जा कम हुँदा बैंकहरु सजक हुनु पर्ने अवस्था हो । अहिले बैंकहरुको खराब कर्जाको लेभल ३.६१ जति पुगेको छ । असरमा २.९ रहेको थियो । ३.६१ भनेको ग्रस एनपीए हो । तर एशियाका बैंकहरुसँग तुलना गर्ने हो भने व्यवस्थापन गर्नसक्ने अवस्थामा नै छ ।’

उनले स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोहीअनुसार बैंकहरुले काम गरेको बताए । उनले एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयोग गर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले आगामी कात्तिक २३ र २४ गते संघले एशियन बैंकर्स कन्फरेन्स आयोजना गर्न लागेको बताए ।

IME
khanepani