काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

म्युचुअल फण्डले कोटामा पाएको आईपीओ ६ महिनासम्म बेच्न नपाउने

5.33K
shares
khanepani bord

काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले आईपीओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म बेच्न नपाउने भएका छन् ।

बोर्डले सोमबार एक निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो । ‘संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरिद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरी बाँडफाँड भएको मितिले छ महिना पूरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैनन्’ बोर्डले जारी गरेको निर्देशनमा भनिएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम उक्त व्यवस्था गरेको बोर्डले जनाएको छ । उक्त व्यवस्था २१ कात्तिक मंगलबाट नै लागू हुनेछ । धितोपत्र बोर्ड सोही अनुसारको व्यवस्था गर्न र गराउन सीडीएस एण्ड क्लियरिङ् लिमिटेड र सम्पूर्ण योजना व्यवस्थापकहरुलाई निर्देशन दिएको छ । तर, यसरी खरिद गरेको धितोपत्र बाँडफाँड भएको ६ महिनाभित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न भने उक्त व्यवस्थाले बाधा नपर्ने निर्देशनमा उल्लेख छ ।

IME
khanepani