काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

दुई महामन्त्रीलाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा

4.51K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सभापति देउवा, महामन्त्रीद्वय थापा र शर्मा तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा मंगलबार बिहान बालुवाटार पुगेका हुन्।

केही दिनअघि बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले जाजरकोट केन्द्र भई गत शुक्रबार गएको भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनामा सरकारले तत्काल काम गर्न आग्रह गर्ने निर्णय गरेको थियो।

साथै कांग्रेसले भूकम्पपीडितलाई सहयोग गर्न सरकारी कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको थियो। साथै संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि उपलब्ध गराउने कांग्रेसको निर्णय थियो।

भूकम्पपछिका अवस्था अवलोकन र सहजीकरणका लागि कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको थियो।

कांग्रेस सभापतिसहित नेताहरूले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सबै भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउनसमेत माग गरेका छन्।

यसअघि सोमबार कांग्रेस नेता शेखर कोइरालाले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए।

IME
khanepani