काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सव-इन्जिनियर...

पुरा पढ्नुहाेस्

भूकम्पपीडितको राहतका लागि नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो २५ लाखको चेक

4.71K
shares
khanepani bord

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्पपीडितका लागि राहत रकम प्रदान गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

नेकपा एसको हिजो बसेको सचिवालयले बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

नेकपा एसले पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि साथै राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको थियो ।

साथै भूकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला संयोजक रहेको कार्यदलसमेत बनाइएको छ ।

IME
khanepani