गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

माओवादी नेता शर्माको पहलमा तीन सय थान फाइबर सिरक भूकम्प प्रभावित क्षेत्रमा पठाइयो

4.71K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको पहलमा तीन सय थान बाक्लो फाइबर सिरक भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पठाइएको छ । शर्माको अगुवाईमा ५१ जना युवाबाट संकलित दुई लाख ६७ हजार ५५ रुपैयाँमा खरिद दुई सय थान सिरक सोमबार प्रभावित क्षेत्रमा पठाइएको हो । जसमा एक सय थान जाजरकोट र एक सय थान रुकुम पश्चिम पठाइएको नेता शर्माले जानकारी दिए ।

उनले यस कार्यमा हालेमालो गर्ने सबैलाई धन्यवाद दिदैँ आगामी दिमा पनि यस्तै संकटमा जुट्ने प्रतिबद्धता जनाए । यस्तै नेता शर्माकै पहलमा मंगलबार मात्रै थप एक सय थान बाक्लो फाइबर सिरक भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका संरक्षक तथा जनप्रगतिशिल मञ्च अमेरिकाका निवर्तमान अध्यक्ष तिलक केसीले भूकम्प पिडित नागरिकलाई उपलब्ध गराएको एक सय थान फाइबर सिरक नेता शर्माको पहलमा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो । माओवादी नेता शर्माले सहयोग गर्दै केसीलाई धन्यवाद दिदैँ यस्ता पुण्य कार्यमा निरन्तर सहयोगका लागि पनि अपिल गरेका छन् ।

शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्पले जनधनको क्षति पुर्याएसँगै माओवादी युवा नेता शर्माले जाजरकोट र रुकुम पश्चिमका नागरिकलाई तत्काल राहत, उद्धार तथा उपचारको आवश्यकता रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगका लागि अपिल गरेका थिए । उनको अपिलपछि विभिन्न युवाले स्वतस्र्फुत सहयोग संकलन सुरु गरेका थिए ।

IME
khanepani