काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीलाई रविले भने, ‘परिवर्तनका लागि तातो गोली थाप्न तयार जनतालाई चिसोबाट बचाउनुस्’

5.02K
shares
khanepani bord

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) बाट फर्किएलगत्तै त्यहाँको यथार्थबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराएका छन् ।

बालुवाटार पुगेर राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई उनले १४ बुँदे सुझाव दिएका हुन्।

छलफलमा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिँदै प्राप्त सुझाव प्राथमिकताका आधारमा कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा समेत प्राप्त सुझावहरू राख्ने प्रतिबद्धता जनाए ।

सभापति लामिछानेले परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस् भन्दा प्रधानमन्त्री गम्भीर भएको बालुवाटार स्रोतले बतायो ।

IME
khanepani