काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

4.71K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेपाली बजारमा बुधबार पनि सुनको भाउ घटेको छ।

सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले बुधबार पनि निरन्तरता पाएको हो।

सोमबार प्रतितोला पाँच सय रूपैयाँ, मंगलबार प्रतितोला चार सय रूपैयाँ, बुधबार प्रतितोला तीन सय रूपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी प्रतितोला एक हजार तीन सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा २० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

IME
khanepani