काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

नेकपा एकीकृत समाजवादीको पहिलो राष्ट्रिय महाधिवेशन काठमाडौंमा

4.33K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेकपा (एकीकृत समाजवादी)ले आगामी राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ ।

यसअघि बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४ गतेदेखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णण गरे पनि ठाउँ भने तोकेको थिएन।

स्थान भने अहिल नलागेको एकीकृत समाजवादीले जानकारी दिएको छ। सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न हुन नसकेकाले आगामी मंसिरको दोस्रो सातामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएकाले महाधिवेशन प्रतिनिधि छनौटका मापदण्ड सम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको छ।

पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकको सुझावअनुसार अधिकांश युवालाई पार्टीमा आकर्षित गर्न केन्द्रीय कार्यसमितिमा उनीहरूको सहभागिता बढाउने, अल्पसंख्यक, दलित, सिमान्तकृत र पिछडिएका समुदायको प्रतिनिधित्वलाई समावेशी गराउने तथा वैचारिक दृष्टिकोणलाई परिमार्जन गर्ने गरी विधान संशोधनका लागि गृहकार्य भइरहेको महासचिव घनश्याम भूसालले बताए।

पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण र जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे छलफल गर्ने सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

महाधिवेशन अगावै युवालक्षित कार्यक्रम सञ्चालन गर्ने पनि पार्टीले जनाएको छ।

IME
khanepani