काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

उद्धार तथा भग्नावशेष व्यवस्थापन गर्न स्काउटको तालिमप्राप्त टोली भूकम्प प्रभावित क्षेत्रमा

3.67K
shares
khanepani bord

काठमाडौं । भूकम्प प्रभावितको उद्दार, राहत तथा अस्थायी व्यवस्थापनका लागि स्वयंसेवा गर्न नेपाल स्काउटको आकस्मिक उद्दारकर्ताको टिम जाजरकोट पुगेको छ । नेपाल स्काउटका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीका अनुसार २०७२ को महाभूकम्पमा समेत उत्कृष्ट काम गरेको टिमसहित जाजरकोटमा एक साताका लागि स्वयंसेवा गर्नेछन् ।

विपद व्यवस्थापनमा तालिम प्राप्त टिमले भग्नावशेषहरु व्यवस्थापन गर्ने, उद्दार तथा अस्थायी व्यवस्थापनलगायतका काममा सघाउने उनले बताए । भूकम्पले भत्किएका संरचनाहरु व्यवस्थापनमा समेत स्काउटको टोलीले काम गर्नेछ । स्काउटको अर्को टोली पनि जाजरकोट र रुकुम पश्चिततर्फ जाने तयारीमा रहेको छ ।

IME
khanepani