काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

नेपाल टेलिकम झापा सुरूंगा शाखाका लेखा अधिकृत दिलीप सुवेदी ५४ दिनदेखि बेपत्ता

4.03K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेपाल टेलिकम झापा सुरूंगा शाखाका लेखा अधिकृत दिलीप सुवेदी ५४ दिनदेखि बेपत्ता छन्।

विराटनगर महानगरपालिका वडा नम्बर ४ राजवंशी चोकका सुवेदी भदौ ३० गते सुरूंगा कार्यालयबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

लेखा अधिकृत सुवेदी उक्त कार्यालयका निमित्त प्रमुखसमेत हुन्। उनी २०७९ फागुनदेखि त्यहाँ कार्यरत थिए।

प्रहरीका अनुसार सुवेदी भदौ ३० गते बिहान करिब साढे ९ बजेपछि सम्पर्कविहीन छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार सुवेदीको खोजी जारी छ।

उनको खोजीका लागि कोशी प्रदेश प्रहरीको अनुसन्धान टोली झापा पुगेको छ। ‘उहाँ सम्पर्कविहीन भएदेखि अनुसन्धान टोलीले खोजी गरिरहेको छ। अहिलेसम्म पत्ता लागेको छैन। दैनिक अनुसन्धान अधिकृतको टोलीसँग यसबारे ब्रिफिङ लिइरहेको छु,’ उनले भने।

उनी बेपत्ता हुनुको कुनै ‘क्लू’ फेला पर्न नसकेको प्रहरीको भनाइ छ।

शनिबारको दिन भए पनि सुवेदी बिहान सवा ६ बजे नै डेराबाट टेलिकम कार्यालयमा पुगेका थिए। त्यहाँ पुगेर केहीबेरपछि सुरक्षा गार्ड ओमप्रकाश खरेलसँग चिया खान भनेर हिँडेका थिए।

करिब ७ बजेतिर चिया पिएर फर्किएका सुवेदी कार्यालयको गेष्ट रूममा आराम गर्न गएका थिए। त्यहाँ बसेर उनले विराटनगरमा रहेकी श्रीमतीसँग कुराकानी गरेका थिए।

‘सम्पर्कबिहीन हुनुअघि उनले २६-२७ मिनेट जति श्रीमतीसँग भिडिओ कल गर्नुभएको देखियो। त्यसपछि सम्पर्कबिहीन भएको देखिन्छ,’ एसपी रेग्मीले भने।

ड्युटीमा खटिएका सुरक्षागार्ड खरेलले उनी कार्यालयबाट निस्किएको देखेका थिएनन्। त्यसपछि उनको मोबाइल फोन अफ छ।

त्यसदिन साँझ घर परिवारले डेरामा बुझ्दा ‍उनी त्यहाँ नआएको जानकारी परिवारले पाएका थिए। प्रहरीका अनुसार दिलीपको कोठामा पर्स, चस्मा लगायत छन्। तर मोबाइल फोन भेटिएको छैन।

परिवारले घटना शंकास्पद रहेको बताउँदै आएको छ।

IME
khanepani