गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

गणपति लघुवित्तको निष्क्रिय कर्जा दोब्बर, नाफा ५८ प्रतिशत घट्यो

4.54K
shares
khanepani bord

काठमाडौं । गणपति लघुवित्तको समयमै उठ्न नसकेको कर्जा रकममा भारी वृद्धि भएको छ ।

असोज मसान्तसम्म कुल कर्जामा समयमै उठ्न नसकेको निष्क्रिय कर्जा रकम ४.९३ प्रतिशत पुगेको छ ।

गत वर्षको असोज मसान्तसम्म यस्तो कर्जा २.१९ प्रतिशत थियो । कम्पनीको नाफामा पनि भारी गिरावट आएको गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो आर्थिक वर्षको त्रैमासमा २८ लाख ८१ हजार रुपैयाँ कमाएको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १९ पैसाबाट ७ रुपैयाँ ६० पैसामा खुम्चिएको छ । लघुवित्तको खुद ब्याज आम्दानी नै घटेको छ, यसले गर्दा नाफामा उल्लेख्य कमी आएको हो । कम्पनीको आधार दर १८ रुपैयाँ ६३ पैसा छ ।

IME
khanepani