काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

‘पहुँचवालाले त्रिपाल रूकुम पश्चिम लगे, जाजरकोटका पीडित एक सातादेखि बारीको पाटामा छन्’

3.82K
shares
khanepani bord

काठमाडौ । काठमाडौ राजनीतिक प्रभाव र पहुँचवालाले राहत रूकुम पश्चिम एकोहोर्‍याउँदा जाजरकोटका पीडित भने नांगै हुने स्थिति बनेको जनप्रतिनिधिले बताएका छन्।

जाजरकोटका पीडितहरूले त्रिपाल पनि पाउन नसकेको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश (सिपी) घर्तीले जानकारी दिए।

‘केन्द्रमा सोध्यो ट्रकका ट्रक गयो भनिन्छ। जम्मा तीन जिल्ला प्रभावित छ, त्यसमाथि पनि धेरै प्रभावित जाजरकोट र अझ भेरी नगरपालिका पर्छ,’ उनले भने, ‘ट्रकका ट्रक सामान प्रभावित क्षेत्रमा आइपुगेको भए, जाजरकोट भरिभराउ भइसक्थ्यो। पीडित बारीको पाटामा नांगै हुने अवस्था आउँदैनथ्यो।’

उनले सत्ताको पहुँच र प्रभावमा भएकाहरूले दुरूपयोग गरेको प्रष्टै देखिएको बताए। आफूले तीन हजार त्रिपाल किन्न खोज्दा पनि नपाएको उनले दुःखेसो पोखे।

‘नाम कसैको लिन चाहन्नँ। उहाँहरूले जिल्ला विपद् व्यवस्थापनलाई दुरूपयोग गर्नुभएको छ। आफूअनुकूल राहत एकोहोर्‍याउनु भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यकताभन्दा बढी सक्रिय बनाइएको छ। उहाँहरूको रवैयाका कारण राहतको समानु्पातिक र न्यायोचित वितरण भएन, दुःखको बेला यसो नगरेको भए हुन्थ्यो, आरोप–प्रत्यारोप गर्न चाहन्नँ,’ घर्तीले भने।

उनले सदरमुकाममै पाल पुर्‍याउन नसक्ने अवस्था आउनु दुःखद् भएको बताए।

‘एक-दुई जना बेइमान होलान्। पाए पनि पाइनँ भन्लान्। तर, सबै नांगै हुने अवस्था आउँछ त? भूकम्प गएको एक साता भइसकेको छ। अहिलेसम्म त्रिपाल पनि पुर्‍याउन नसक्ने अवस्था आउँदा कसरी मन थाम्ने?,’ उनले भने।

उनले भारत, चीन सरकारले पनि त्रिपाल लगायतका राहत सामग्री पठाएको, नेपाल सरकारले बुझेको आफूले देख्दादेख्दै पनि ती सामग्री जाजरकोट नआइपुग्नु आश्चर्य भएको बताए।

‘१ र ३ नम्बर वडामा बढी मानवीय क्षति भएको छ। अरू वडाका मानिसहरू पनि खुला ठाउँमा हुनुहुन्छ। उहाँहरूको जीवन रक्षा पहिलो कर्तव्य बनेको छ। एक सरो पाल पनि पुर्‍याउन नसकेको अवस्था छ,’ उनले भने, ‘मैले आजीत भएर हेलिकप्टर आतंक बन्द गर भनेको हुँ। उच्च पदस्थहरू यहाँ हेलिकप्टर चढेर आएर कामै छैन। पालसम्म त दिन सकेको छैन!,’ उनले भने।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले पनि जाजकोटमा राहत सामग्री नपुगेको बताए। उनले जिल्लामा २२ हजार थान पाल बाँडे पनि त्यो संख्या अपर्याप्त भएको बताए।

‘जाजरकोटमा त्रिपाल नपुगेको कुरा साँचो हो। हामीले केन्द्रबाट राहत सामग्री आइपुग्नेबित्तिकै आवश्यकता हेरेर नलगाड, भेरी नगरपालिकाका अति प्रभावित ठाउँमा वितरण गरेका छौं। अन्यत्र पनि वितरण गरेका छौं। तर, सबैतिर पुर्‍याउन सकिएको छैन,’ शर्माले भने।

अहिले जिल्ला विपद् व्यवस्थापन समितिको भण्डारमा एक थान पाल पनि स्टक नभएको उनले बताए।

‘केन्द्रबाट थानमा त्रिपाल आउँछ, कोही दुई मिटरको हुन्छ। दुई मिटरको पालले त हुँदैन, कम्तिीमा दस/बाह्रको चाहिन्छ,’ उनले भने, ‘संख्यात्मक हिसाबले ठूलो परिणाममा वितरण भएको देखिए पनि त्यसले परिवार नै ओतिएको अवस्था भने छैन।’

उनले जाजरकोट जिल्लाभित्र आइपुगेर आम्दानीमा बाँधिइसकेको कुरा अन्यत्र नपठाइएको जिकिर गरे। ‘बाहिर–बाहिरबाटै अन्यत्र लगिएको भए हाम्रो जानकारीमा हुने कुरा भएन,’ शर्माले भने।

IME
khanepani