काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

राप्रपाको केन्द्रीय समिति को बैठक पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने

4.89K
shares
khanepani bord

काठमाडौ । काठमाडौ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समितिको बैठक पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने भएको छ।

पार्टी प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक बस्नेबारे जानकारी गराएका हुन्।

राप्रपाले जाजरकोट भूकम्पबाट जाजरकोट र रूकुम पश्चिम जिल्लामा भएको व्यापक धनजनको क्षतिले त्यस क्षेत्रमा संकटको अवस्था सिर्जना भएको बताएको छ। यो संकटको बेलामा सरकारको प्राथमिकता, सरकारको प्रयास, उद्धार, राहत र पुनर्निर्माणमा भइरहेका प्रगति एवं यस सम्बन्धका विविध विषयमा छलफल गर्न राप्रपा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सर्वदलीय बैठकको माग गरेको छ।

‘सरकारले भूकम्पपीडितलाई राहत वितरण गर्न एकद्वार प्रणालीको व्यवस्था गरे पनि राहत वितरणमा एकरूपता नभएको, पीडित सबैले राहत प्राप्त गर्नबाट बञ्चित भइरहेको, वितरणमा निष्पक्षता नभएको मात्र होइन, राजनीतिक दबाब र प्रभावका आधारमा राहत वितरण भइरहेको भन्ने गुनासोहरू आइरहेकाले वास्तविक पीडितले पाउनुपर्ने राहतबाट वञ्चित नगर्न र प्रभावकारी अनुगमन गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राप्रपाले पार्टीको विधानमा केही अस्पष्टता भएका कारण कार्यान्वयनमा देखिएका जटिलताको पुनरावलोकन गर्न सल्लाहकार समितिका संयोजक निरञ्जन थापाको संयोजकत्वको विधान मस्यौदा समितिलाई जिम्मा दिएको छ।

‘समितिले अर्को बैठकमा यस सम्बन्धि प्रतिवेदन पेश गर्ने गरी जिम्मेवारी प्रदान गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

IME
khanepani