काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

काठमाडौं महानगरमा राति १ बजेसम्म देउसी भैलोको अनुमति, बालेन भन्छन्- नगर प्रहरीले सुरक्षा दिन्छ

4.38K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा देउसी भैली खेल्ने समय तोकेको छ । महानगरपालिका भित्र रातको १ बजेसम्म देउसी भैलो खेल्ने समय तोकेको हो ।

यसअघि कोभिडका कारण तथा सुरक्षाका कारणले गर्दा तिहारमा राति ९ बजेसम्म खेल्न अनुमति दिइएको थियो । यो वर्ष महानगरको नगरप्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको मेयर बालेन साहले बताए ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै १ बजेसम्म देउसी भैलो खेल्न आग्रह गरेका छन् । साथै उक्त समयम्मि नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।

मेयर बालेनले लेखेका छन्,‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो । यो वर्ष काठमाडौ महानगर नगरप्रहरीले ‘राति १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं । सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं ।

IME
khanepani