काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

साहित्य कला र सङ्गीतकर्मीहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

15.82K
shares
khanepani bord

काठमाडौं । साहित्य कला र सङ्गीतकर्मीहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा पद्मकन्या क्याम्पस काठमाडौंमा बडादशैं, तिहार, नेपाल संवत्, छठ लगायतका नेपाली चाडहरूको अवसर पारेर बिहीबार आयोजित उक्त कार्यक्रममा ठूलो संख्यामा साहित्यकार, कलाकार एवं संगीतकर्मीहरूको उपस्थिति रहेको थियो ।

साहित्य, कला एवम् संगीत क्षेत्रका स्रष्टा, संस्था र प्रकाशनहरूका प्रतिनिधिहरू उपस्थित कार्यक्रममा अधिकांश सहभागिहरूले वर्तमान समयमा कस्तो सृजनाको आवश्यकता छ भन्ने विषयमा गम्भीर विचारहरू प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका महासचिव प्राज्ञ नन्दु उप्रेतीले सहभागीहरूलाई स्वागत गर्दै कवि युद्धप्रसाद मिश्र र मिश्र प्रतिष्ठानका बारेमा स्पष्ट पार्नुका साथै कार्यक्रमको औचित्य प्रष्ट्याएका थिए । प्रतिष्ठानका अध्यक्ष डाक्टर फणीन्द्रराज निरौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष जयन्ता पोखरेल र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष प्रा.डा.लेखप्रसाद निरौलाले गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के।के।कर्मचार्य, संगीत नाट्य प्रतिष्ठानका पूर्व सदस्य सचिव श्याम तमोट, जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी भाषा आयोगका सदस्य एवम् पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेल, भाषा आयोगका सदस्य एवम् साहित्यकार गोपाल अस्क, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाली वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्राध्यापक शैलेन्दुप्रकाश नेपाल, सार्थक संगीत प्रतिष्ठानका उदय श्रेष्ठ, दायित्व वाङ्मय प्रतिष्ठानका रामप्रसाद पन्त, अभिव्यक्तिका सम्पादक देविका तिमल्सिना, वनिताकी सम्पादक लक्ष्मी उप्रेती, सिस्नुपानी नेपालका चक्र दवाडी, रोज घिमिरे सहभागी थिए ।

यस्तै नियात्राकार जय छाङ्छा राई, सिद्धिश्वर समृति प्रतिष्ठानकी संरक्षक एवम् अक्षलोककी संपादक सावित्री श्रेष्ठ, प्रगतिशील लेखक सङ्घकी पूर्व उपाध्यक्ष शुशिला प्रधानाङ्ग कलिङ फेस्टिवलकी रञ्जना निरौला, वरीष्ठ अनुसन्धानकर्ता एवं चिन्तक गोपिरमण उपाध्याय, इच्छुक प्रतिष्ठानका मित्रलाल पंज्ञानी, हिमान्द्रीका पुण्य घिमिरे, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, कवि जेठा वैरागी सहभागी थिए ।

यसैगरी कार्यक्रममा डा.अनन्त अधिकारी, डा. राजेन्द्रप्रसाद अधिकारी, चण्डिका मिश्र, वाग्मती प्रदेशका पूर्व सांसाद शशिजङ्ग थापा, साहित्यकार विक्रम भक्त जोशी, लालबहादुर भुजेल, सीता शरमा, भानुप्रकाश जोशी, नव प्रज्ञापनका सम्पादक नवराज रिजाल साथै लघुकथा समाज, नियात्रा समाजका सदस्यहरु र प्रगतिशील लेखक सङ्घका सदस्यहरु, युद्धप्रसाद मिश्रका परिवारजनका सदस्यहरू, मिश्र प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी र सल्लाहकारहरू, अन्य लेखक कलाकार एवं गीतकार र संगीतकारहरूको बाक्लो उपस्थित रहेको थियो ।

कवि युद्धप्रसाद मिश्रद्वारा रचित वरिष्ठ संगीतकार एवम् गायक रामेशको स्वर रहेको गीत पनि प्रस्तुत गरिएको उक्त कार्यक्रममा आगामी दिनमा पनि यस्ता स्रष्टा, साहित्यिक संस्था र प्रकाशकहरूले गौरव गर्न लायक कार्यक्रमहरूको आयोजना भइरहनुपर्ने विचार व्यक्त भएको थियो ।

IME
khanepani