काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको...

पुरा पढ्नुहाेस्

गोकुल बास्कोटाको कटाक्ष- नयाँ भन्नेहरूलाई पुनर्निर्माणको ठेक्का चाहियो

4.19K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नयाँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही नभएको बताएका छन् ।

एमाले चौरीदेउराली काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ भन्नेहरुलाई पुनर्निर्माणको ठेक्का चाहिएको छ भन्दै कटाक्ष गरे ।

रास्वपाको बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले प्रतिनिधिसभाको चौथो ठूलो दल भएकाले भूकम्पको ‘पुनर्निमाणको ठेक्का’ सरकारसँग मागेपछि नेता बास्कोटाले कटाक्ष गरेका हुन् ।

उनले भने, ‘नयाँ नयाँ नयाँ । नयाँसँग पनि केही छैन । देखिसक्या छ, थाहा भइसक्यो नि ! पुनर्निर्माणको ठेक्का नयाँलाई चाहियो, कति नै इन्जिनियरिङ कला भए जस्तो । केही मतलबको कुरा छैन । एउटा देश निर्माणको लागि जनता सबैभन्दा महत्वपूर्ण हुन् ।’

उनले चिहानमा पुगिसकेको राजतन्त्र ब्युँताउन अब सम्भव नभएकोसमेत बताए ।

बास्कोटाले भने, ‘मान्छे चिहानमा पुगिसकेको, वंशको आधारमा रहेको, गाँजा खाँदै हिँडे पनि हुने, त्यस्तो मान्छे परिवारको त्यो पनि पुरुषै हुनुपर्ने पारिवारिक र वंशजको तन्त्रमा आधारित इतिहासमा सबैभन्दा बढी विवादित भएको धेरै समय शासन सत्ता सम्हालेको, त्यो पनि एकलौटी चलाएको शक्ति फर्काउँछु भन्छन्, त्यो सम्भव छैन ।’

जनतामाथि दमन गर्ने सामन्ती राजतन्त्र अन्त्यले रगतको मूल्य चुकाएको उनको भनाइ छ ।

उनले थपे, ‘त्यो पुरानो इतिहास फर्काउँछु भन्नेहरुलाई साधारण चुनौती छ, तिमीले रगत बगाउन पर्दैन हुती छ, तागत छ, जनताले पत्याउँछन् भने एक थोपा रगत नबगाई दुई तिहाइ ल्याएर देखाउ त ! कसरी आउँदो रहेछ ?’

IME
khanepani