काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

झलनाथ खनालको चिन्ता- देश संकटग्रस्त अवस्थामा छ, कतिबेला के हुन्छ थाहा छैन

4.42K
shares
khanepani bord

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राजनीतिक रुपमा देश संकटग्रस्त अवस्थामा रहेको बताएका छन्।

अमृतनाथ तिमिल्सिनाको पुस्तक समृद्धि सरोकार लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अहिले प्रचण्ड नेतृत्वको सरकारको काम गर्न नसकेको बताए।

उनले भने, हामीलाई दुई तिहाई बहुमत आउनु भनेको बढी भएछ संसद विघटन गरिहालियो। त्यसपछि हामीले दुईवटा सरकार भोगिसक्यौं। अहिले कमरेड प्रचण्डको नेतृत्वमा सरकार छ। यो दुईवटा सरकारले अघिल्लो सरकारले गर्न नसकेको काम गर्नुपर्नेथ्यो। तर, एउटै काम पनि अगाडि बढेको छैन। त्यसैले अहिले राजनीतिक क्षेत्र दिशाहिन बनेको छ।

उनले आठवटा संसद कहिँ पनि एउटा दलले बहुमत ल्याउन नसक्ने स्थिती बनेको बताए। उनले थपे, त्यही जनताले एउटा पार्टीलाई बहुमत दिएका थिए। अहिले कुनै पार्टीलाई नपत्याउँने स्थिती बन्यो। राजनीतिक रुपमा देश संकटग्रस्त अवस्थामा छ। कहाँ कतिबेला के हुन्छ भन्ने सकिँदैन।

IME
khanepani