काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

बाँसुरी बाजा प्रतियोगितामा लोकन्थलीको सिद्धिगणेश पहिलो

5.36K
shares
khanepani bord

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिस्थित नगदेशमा आयोजित बाँसुरी बाजा प्रतियोगितामा लोकन्थलीको सिद्धिगणेश दाफा भजन खलः पहिलो भएको छ ।

नृत्यनाथ बाँसुरी खलः त्वागाः टोलले पहिलो पटक बाँसुरी बाजा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पहिलो भएको लोकन्थलीको सिद्धिगणेश भजन खलःलले नगद ५० हजार र प्रमाणपत्र पुरस्कार जितेको छ ।

प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाका वडा नं. ५ को झीगु बाँसुरी खलः दोस्रो तथा वडा नं. ४ को सिवा सायमि खलः तेस्रो भए । दोस्रो र तेस्रो भएका समूहलाई क्रमशः २५ हजार र १५ हजार नगदसहित प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

१० वटा बाँसुरी समूहले सहभागिता जनाएको कार्यक्रममा वडा नं. ७ नगदेशस्थित नेवाः ऐतिहासिक बाँसुरी खलःलाई सान्त्वना पुरस्कारसँगै नगद १० हजार दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले बाँसुरी बाजा प्रतियोगिता सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद दिंदै आगामी दिनमा नगरपालिकाले बाँसुरी बाजा, मौलिक बाजाको रुपमा रहेको दाफा, लोपोन्मुख नौ बाजा लगायतका विभिन्न बाजा संरक्षणमा नेतृत्व गर्ने बताए ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, वडा नं. ७ या वडाध्यक्ष तथा बौद्ध विद्वान कृष्णकुमार प्रजापति, नृत्यनाथ बाँसुरी खलः त्वागाः टोलका सल्लाहकार कृष्णबहादुर घजु, विभिन्न बाजाका गुरुहरु, संस्कृतिप्रेमी तथा कलाकारहरुको सहभागिता थियो ।

IME
khanepani