काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्...

पुरा पढ्नुहाेस्

राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम प्रदेश पुगेर लियो १६ औं योजनाका लागि सुझाव

4.03K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम प्रदेश पुगेर १६ औँ योजनाका लागि सुझाव लिएको छ । १६ औं योजनाको तयारीमा जुटेको आयोगले पहिलो पटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो ।

आयोगकी सदस्य डा. अनिता शाह ढुंगाना आयोगको नेतृत्व गर्दै सुदूरपश्चिम प्रदेश पुगेकी थिइन् । आयोग सदस्य डा. शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री तथा सबै मन्त्री सहभागी भए ।

२१–२२ कात्तिकसम्म चलेको छलफल कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, स्थानीय तहका प्रमुख–उपप्रमुखहरुले १६ औं योजना कस्तो बनाउने भन्ने सुझाव दिएका छन् ।

सुझाव दिने धेरैले संघीयताको मर्म अनुसार आगामी योजना बनाउनु पर्नेमा जोड दिएका छन् ।
आयोग सदस्य डा. शाहले कार्यक्रम एकदमै सभ्य र भव्य रुपमा सम्पन्न भएको बताइन् ।

आयोगले अहिले केवल दस्तावेजका लागि मात्रै नभएर साँच्चिकै यथार्थपरक योजना बनाउने उनले बताइन् ।

तल्लो तहबाटै वस्तुपरक अवस्था बुझेर योजना बनाउन लागिएकाले तल तहसम्म सुझाव लिन पुगेको उनले जानकारी दिइन् ।

आयोगले ६ वटा प्रदेशमा सदस्यको नेतृत्वमा टोली बनाएर पठाएको थियो ।

कोशी प्रदेशमा सदस्य डा. आरपी विच्छाको नेतृत्वमा टोली पुगेको थियो भने मधेश प्रदेशमा डा. जयकान्त राउत, बागमती प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. रामकुमार फुयाँल र सुदूरपश्चिममा डा. अनिता शाह ढुंगाना नेतृत्वको टोली पुगेको थियो ।

कर्णाली प्रदेशमा भने भूकम्पको पीडा रहेकाले कार्यक्रम स्थगन गरिएको छ ।

IME
khanepani