काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

4.97K
shares
khanepani bord

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा आइतबार राति सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही ठाउँ बस्ने चालक २२ वर्षीय तारा चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो ।

उनको उपचारका क्रममा राति नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको दाबी छ ।

IME
khanepani