काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको...

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट जिल्ला अस्पताललाई स्टेबलाइजर हस्तान्तरण

5.79K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट जिल्ला अस्पताललाई स्टेबलाइजर हस्तान्तरण गरेको छ।

शुभेच्छुकहरूको सहयोगमा रास्वपाले करिब ८ लाख मूल्य पर्ने स्टेबलाइजर अस्पताललाई हस्तान्तरण गरेको हो। स्टेबलाइजरको अभावमा विद्युत् आपूर्ति अनियमित हुँदा बिरामीलाई अक्सिजन प्रवाहमै समस्या हुने गरेको थियो।

विभिन्न देशमा रहेका आफ्ना शुभेच्छुकको सहयोगका आधारमा अस्पताललाई पार्टीका तर्फबाट स्टेबलाइजर उपलब्ध गराइएको रास्वपाका उपसभापति डीपी अर्यालले जानकारी दिए।

स्टेबलाइजर हस्तान्तरण गर्दै रास्वपाकी सांसद तोसिमा कार्कीले विपद्का बेलामा भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको र थोरै भए पनि उपचारमा सहजता आउने विश्वास गरिन्।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले भूकम्पका बेला गरेको सहयोग अमूल्य हुने बताए।

IME
khanepani