काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा भक्तपुरमा एक वृद्धाको मृत्यु

5.21K
shares
khanepani bord

काठमाडौं । भक्तपुरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया साबित्रीदेवी दाहालको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ साढे पाँच बजे पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो । पूजा कोठामा आगो सल्किएपछि उनी आत्तिएर बैठक कोठामा पुगेर लडेकी थिइन् ।

शरीरमा लागेको आगो ८५ वर्षीय श्रीमान गुरु दाहालले निभाए पनि वृद्धाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएको छ । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

IME
khanepani