गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

5.89K
shares
khanepani bord

धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन् ।

काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उहाँले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए ।

‘वर्षौँदेखि रोकिएको काम अब सुरु गर्छौँ’, मन्त्री बस्नेतले भने, ‘पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौँ ।’

एकातिर गाउँमा महिला स्वास्थ्य स्वयंसेविका सधैँभरि स्वयंसेवी भएर बस्नुपरेको र अर्कोतिर लाखौँ रुपैयाँ खर्च गरेर पढेका चिकित्सक र नर्स विदेश पलायन भइरहेको अवस्थामा सरकारले त्यसलाई व्यवस्थित गर्ने उनले बताए । वर्तमान अवस्थामा मुलुकमा ४८ हजार नर्स र पाँच हजार चिकित्सक आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो ।

‘हालसम्म ३१ हजार नर्स र झण्डै एक हजार मात्र चिकित्सकको दरबन्दी रहेको छ’, उनले भने । सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्य चौकीका लागि आवश्यक पर्ने उपकरण दुई महिनाभित्रमा उपलब्ध गराउने बताए ।

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले विकट बस्तीका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चण्डेनीमण्डनको चण्डेनीडाँडा र ज्याम्दीको रामपुरमा स्वास्थ्य केन्द्र स्थापना गरी भवन, स्वास्थ्यकर्मी र औषधीको व्यवस्थापन नगरपालिकाले गर्दै आएको बताए ।

जोगिटारस्थित स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति गरी आवश्यक दरबन्दी र उपकरण व्यवस्थापन गर्न उहाँले मन्त्री बस्नेतसित आग्रह गरे ।

नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले भूकम्पपछि स्वास्थ्य चौकी भवन जीर्ण भएपछि कोरियाको रेडक्रसको सहयोगमा निर्माण गरिएका दुई भवनबाट सेवा दिँदै आएकामा अहिले भारत सरकारको सहयोगमा नयाँ सुविधा सम्पन्न भवन निर्माण गर्न सफल भएको बताए । सो अवसरमा भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा दान गर्ने विष्णुमणि नेपाल, पीताम्बर नेपाल र रामप्रसाद नेपाललाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

IME
khanepani