गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

उत्तराखण्डमा निर्माणाधिन सुरुङमार्गमा पहिरो खस्दा कम्तिमा ३६ मजदुर फसे,उनीहरुलाई उद्धार गर्ने काम जारी

4.75K
shares
khanepani bord

काठमाडौं । भारतको उत्तराखण्डमा यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ धसिँदा कम्तिमा ३६ जना मजदुर फसेका छन् । उनीहरुलाई उद्धार गर्ने काम जारी छ ।

यो सुरुङ उत्तरकाशी जिल्लाको सिल्कयारा र डाँडलगाउँ जोड्नका लागि बनाइँदै छ ।

सोमबार बिहान एक्कासी भत्किएर सुरुङभित्र मजदुरहरु फसेका हुन् । उनीहरु सुरक्षित रहेको र सुरुङभित्र अक्सिजन पुर्याउने प्रयास भइरहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर धामीले मजदुरहरुको उद्धारको प्रयास भइरहेको जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुख्यमन्त्री धामीलाई फोन गरेर उद्धारबारे चासो राखेका छन् ।

अधिकारीहरुका अनुसार सुरुङमा फसेका मजदुरहरुमध्ये एक जना मात्र उत्तराखण्डका हुन् । अरु उत्तर प्रदेशको बिहार, पश्चिम बंगाल, झारखण्ड, ओडिसा र हिमाञ्चल प्रदेशका हुन् ।

उनीहरुलाई बाहिर निकाल्न सुरुङमा खसेको पहिरो डोजरको सहायतालाई हटाउने काम भइरहेको छ । उद्धारका लागि केन्द्र र प्रदेशका उद्धार टोली खटिएका छन् ।

IME
khanepani