काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्...

पुरा पढ्नुहाेस्

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा

5.16K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम प्रतिनिधि सभा सदस्य गगन थापाले टिकट बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् ।

सरकारले टिकटक बन्द गर्ने निर्णय गर्ने वित्तिकै उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको भन्दै सरकारलाई यो निर्णय सच्याउनुपर्ने बताए ।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन ।’

IME
khanepani