काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गरौँः बालेन्द्र साह(भिडियो सहित)

5.98K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरे ।

मंगलवार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए । उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निभाउनुपर्ने बताए । उनले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताए ।

उनले भने, ‘नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यु पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ । अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ ।’

मेयर साहले काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत प्रयोग गरिरहेको बताए ।

IME
khanepani