काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

धारिलो हतियार प्रहार गरी युवकको हत्या भएको घटनामा ८ जना पक्राउ

4.52K
shares
khanepani bord

काठमाडौ । काठमाडौ बर्दियामा एक युवकको हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका-६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरिएको बर्दियाका एसपी सुधिरराज शाहीले जानकारी दिए। घटनामा संलग्न ३ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए।

प्रहरीले पक्राउ पर्नेको नाम भने गोप्य राखेको छ।

घटनाबारे अनुसन्धान भइरहेकोले पक्राउ पर्नेहरूको नाम सार्वजनिक गरिएको छैन। एसपी शाहीका अनुसार पुरानो रिसिइबीका कारण घिमिरेको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘पुरानो रिसिइबी भएकाले सामन्ने कुरामा पनि विवाद र भनाभन हुँदा घिमिरेको हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ,’ एसपी शाहीले भने ।

लक्ष्मी पूजाको दिन मध्य राति गुलरिया – ५ स्थित जुस कारखाना नजिकै एक समूहले खुकुरी लगायत धारिलो हतियार प्रहार गरी घिमिरेको हत्या भएको थियो।

IME
khanepani