युरो महंगिदा डलर घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार?

एजेन्सी । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विनिमय दर अनुसार डलरको भाउ घटेको छ भने युरोपयन युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३४ पैसा तोकिएको छ। बुधबार डलरको खरिद १३३ रूपैयाँ ०४ पैसा र बिक्री १३३ रूपैयाँ ६४ पैसामा भएको थियो।

युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २० पैसा र बिक्रीमा १४२ रूपैयाँ ८५ पैसा पाइन्छ। बुधबार युरोको खरिददर १४२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४३ रूपैयाँ २५ पैसा थियो।

यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३९ पैसा पाइन्छ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर भने ८६ रूपैयाँ ९२ पैसा तोकिएको छ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४१ पैसा र बिक्रीमा २८ रूपैयाँ ५४ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ५० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६७ पैसा तोकिएको छ।

३०,कार्तिक.२०८०,बिहीबार १३:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्