काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

अमेरिकामा बस्दै आएका साग स्वर्णधारी दाजुभाइको पहलमा कोटेश्वर डोजाङलाई २० लाखको सामाग्री

4.75K
shares
khanepani bord

काठमाडौं । दक्षिण एसियाली खेलकुद साग का स्वर्णधारी दाजुभाइ निर्मल र निराजन श्रेष्ठको पहलमा कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग स्वरुप बिहीबार खेल सामाग्री प्रदान गरिएको छ ।

श्रेष्ठ दाजुभाइले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई २० लाख रुपैयाँ बराबरको २ सेट प्रोटेक्टर इलेक्ट्रोनिक सिस्टम एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

उक्त सामाग्री खरिद गर्न दाजुभाइसहित अस्ट्रेलिया बस्ने सक्षम कार्की, रञ्जन श्रेष्ठ, मनोज मल्ल, ज्ञानेन्द्र मल्ल र भुपेन श्रेष्ठ तथा मकाउ बस्ने राकेश केसीले सहयोग गरेका हुन् । सबै तेक्वान्दो खेलाडी हुन् । मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार सहयोगी सबै कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन हुन् ।

निर्मल र निराजनले पाकिस्तानमा भएको नवौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका थिए । दुवै विगत १८ वर्षदेखि ओमेरिकाको ओरेगनमा बस्दै आएका छन् । त्यहाँ पनि उनीहरुले वान तेक्वान्दो एकेडेमी चलाउनुका साथै मुख्य गरी व्यवसायमा संलग्न छन् । उनीहरु सेभेन ११ र मार्ट सञ्चालन गर्छन् ।

दुवैले संगै एसियाली खेलकुद बुसान एसियाड पनि खेलेका थिए । निराजनसंग विश्व तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव पनि छ । परिवारसहित चाड पर्वका लागि नेपाल आएका दुवै बिहीबारै अमेरिका फर्केका छन् ।

कार्यक्रममा निराजनले नेपालकै चर्चित मध्येको एक र राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाएका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउदै खेलाडीको समस्यामा हरदम साथ रहने प्रतिबद्धता जनाए ।

‘म र मेरो दाइ (निर्मल) पनि कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हौं । मेरो दाइ (नवीन) हाम्रो गुरु हो । कोटेश्वर तेक्वान्दो डोजाङको काम प्रशंसनीय छ । खेलाडी उत्पादनमा डोजाङको भूमिका तारिफ योग्य छ । त्यसैले हामी आफै र अरुसंग पनि सहयोग जुटाएर सानै भएपनि सहयोग गरौं भनेर सामाग्री दिएका हौं । आउने दिनमा पनि सक्दो सहयोग गर्छौ’, निराजनले भने ।

निराजनले खेल जीवनमा उताड चढाव आइरहने बताउँदै खेलाडीले कुनै एउटा अवसर गुमाउदैमा निराश हुन नहुने बताउदै निरन्तरतानै सफलताको कडी भएको बताए । उनले ओलम्पिकमा पदक जित्ने आफ्नो चाहना पूरा नभएपनि कुनै दिन कोटेश्वर तेक्वान्दो डोजाङका खेलाडीले आफ्नो अधुरो चाहना पूरा गर्नेमा आफू आशावादी रहेको बताए ।

निर्मलले आफू विदेशमा भएपनि नेपाली तेक्वान्दो र खेलाडीलाई सहयोग गर्न कहिले पछि नहट्ने प्रतिबद्धता जनाउदै खेलाडीलाई अनुशासित र लगनशील भएर खेलमा लाग्न सुझाए । मुख्य प्रशिक्षक श्रेष्ठले सहयोगका लागि सबैलाई धन्यवाद दिदै यस्ता सहयोगले डोजाङकर्मीको हौसला अभिबृद्धि गर्ने बताए ।

IME
khanepani