काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

भूकम्पले चर्किएका संरचना खस्दा रूकुम पश्चिम र जाजरकोटमा चारजना घाइते

4.28K
shares
khanepani bord

काठमाडौ । काठमाडौ कात्तिक १७ गते मध्यराति जाजरकोटलाई केन्द्रबिन्दु बनाइ गएको विनाशकारी भूकम्पका कारण चर्किएका संरचनाहरू फेरि भत्किँदा दुई जिल्लामा पाँच जना घाइते भएका छन् ।

रूकुम पश्चिममा चार र जाजरकोटमा एक गरी पाँच जना घाइते भएका हुन ।

जाजरकोटको बारेकोट गाउँपालिका– ९ सग्लाकी १६ वर्षीया कविता गौतम भूकम्पले भत्किएको घरबाट खसेको ढुंगाले लागेर घाइते भएकी छन् ।

दिदी शर्मिला गौतमले भाइटीकापछि दिउँसो चार बजेतिर भत्किएको घरबाट ढुँगा झरेर बहिनी कविताको देब्रे खुट्टा भाँचिएको बताइन्।

‘भूकम्पपछि हामी त त्रिपालमै बस्दै आएका छौं,’ शर्मिलाले भनिन् ‘बहिनी भूकम्पले चर्काएका घर नजिकबाट हिड्ने क्रममा माथिबाट खसेको ढुंगाले लाग्यो, उनको खुट्टामा गम्भीर चोट छ।’

घाइते कविताको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको देब्रे खुट्टा भाँचिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

त्यस्तै रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलिमा पनि बिहीबार दिउँसो भूकम्पले चर्किएको झकबिर सुनारको घर भत्किएर चार जना घाइते भएका छन्।

घर भत्किँदा ७० वर्षीया आइती कामी, ६० वर्षीया बिरमी कामी, २९ वर्षीया एलिसा सुनार वली र उनकी १७ महिने छोरी डिबिनाँसी वली सामान्ने घाइते भएका थिए।

जिल्ला अस्पताल सल्लेमा उपचारपछि उनीहरू चारै जना घर फर्किसकेका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले चर्किएको संरचनाभित्र तिहारको टीका लगाइ रहेका उनीहरूमाथि घरका डाँडाभाटा झरेर चोटपटक लागेको थियो।

भूकम्पले चर्किएका, भत्किएका संरचना नजिक वा घरभित्र नजान स्थानीय प्रशासनले आग्रह गर्दै आएको छ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भूकम्पका ६० घाइतेमध्ये ४८ जना उपचारपछि तिहारअगाडि नै घर फर्किइसकेको र अब जम्मा ८ जना मात्रै उपचाररत रहेका छन् ।

भेरीबाट ३ जना घाइतेलाई अन्यत्र रिफर गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

IME
khanepani