काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

झापा र भोजपुरबाट २० जुवाडे पक्राउ

4.11K
shares
khanepani bord

काठमाडौं । झापा र भोजपुरबाट २० जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीका अनुसार झापा, गौरादह नगरपालिका-३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको टोलीले ४७ वर्षीय टंक बरालसहितका १५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रूपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको प्रहरीले बताएको छ ।

त्यस्तै, भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ पान्धारे बजारस्थित सम्झना होटलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् । प्रहरी चौकी पान्धारेको टोलीले होटल सञ्चालक ३६ वर्षीय राजकुमार तामाङसहितलाई गयराति पक्राउ गरेको हो । उनीहरूबाट नगद १३ हजार ४० रूपैयाँ र १ बुक तास बरामद भएको छ ।

IME
khanepani