काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

गरिवले पनि बीमा गर्नसक्ने बाटो बनाउनुपर्छः अध्यक्ष सिलवाल (भिडियो सहित)

5.58K
shares
khanepani bord

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिवले पनि बीमा गर्नसक्ने बाटो बनाउनुपर्ने बताए।

शुक्रवार काठमाडौंमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना ‘सही प्लान’ सञ्चालनमा ल्याएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताए । अध्यक्ष सिलवालले बीमाको बारेमा आम मानिसमा बुझाउनुपर्ने आवश्यकता देखिएको बताएका हुन । बीमाको बारेमा स्थानीय तहलाई बुझाउनसके मात्र आम सर्वसाधारणले पनि सहजै बुझ्नसक्ने स्थिति रहेको बताएका थिए ।

देशका प्रत्येक परिवार र व्यक्तिलाई कसरी आर्थिक रुपमा सुरक्षित र सहयोग गर्ने भन्नेबारेमा प्राधिकरणले काम गरिरहेको बताए । मुलुकभित्र राष्ट्रिय बीमा नीति, प्रदेश बीमा नीति र स्थानीय तहको बीमा नीति हुनुपर्ने बताए । उनले आउने समय बीमाको हिसावमा अझै सुखमय हुने बताए। आम सर्वसाधारणलाई किन बीमा गर्ने र बीमा गर्दा के हुन्छ ? भन्ने कुराको आवश्यकता बुझाउन जरुरी रहेको बताए । उनले ७० वर्षको मानिसले प्रिमियम फिर्ता पाउँछ भने ७५ वर्षको मानिसले के गर्ने ? भन्नेबारेमा पनि सोच्न जरुरी रहेको बताए ।

कम्पनीले ४० हजारमा २५ लाखको कभरेजको नयाँ जीवन बीमा योजना ल्याएको हो । कम्पनीले कम बीमा शुल्क तिरेर ठूलो रकमको बीमा गर्न सकिने गरी उक्त योजना अघि सारेको बताएको छ ।

IME
khanepani