काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

कैलालीमा अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

3.93K
shares
khanepani bord

धनगढी । कैलालीमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एक जना सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रकाउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायकप्रहरी निरीक्षक रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदिप चन्दले २६ कात्तिकमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोप लागेपछि भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल ४३ नम्बर गण दार्चुलामा कार्यरत भण्डारी तालिमका लागि पोखरामा थिए । उनी तिहारको बिदामा आएका बेला धनगढी पुगेका थिए ।

IME
khanepani