देशलाई विदेशीको क्रिडास्थल बनाउन एमाले र सेनामाथि प्रहार भइरहेको छः महासचिव पोखरेल
वि.सं.२०८० मंसिर २ शनिवार १६:५५
shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताए ।
शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले नेपाली सेना र नेकपा एमाले कमजोर बनाउन सके पाल राष्ट्रलाई विदेशीहरुको क्रिडास्थल बनाउन सकिने मनशायले नेकपा एमालेमाथि प्रहार भइरहेको बताएका छन । उनले सत्तामा रहनेहरुको प्रहारको निशाना, आफूलाई वैकल्पिक शक्ति भनेर आउनेहरुको निशानामा र प्रतिगामीहरुको निशानामा नेकपा एमाले किन ? भन्दै प्रश्न समेत गरेका थिए । उनले यो प्रहार एमालेमाथिको प्रहार नभइ देशभक्त शक्तिमाथिको प्रहार भएको दाबी गरे । उनले एमाले नेतृत्वमाथिको प्रहार नेपाली जनताको भविष्यमाथिको प्रहार भएको शंका व्यक्त गरे ।
उनले भने, ‘यतिबेला दुई शक्तिमाथि प्रहार भइरहेको छ । एउटा नेकपा एमाले र अर्को नेपाली सेना । यी दुई वटा शक्तिलाई कमजोर पार्न सकियो भने नेपाल राष्ट्रलाई विदेशीहरुको क्रिडास्थल बनाउन सकिन्छ, पकेट बनाउन सकिन्छ, नेपाल राज्यलाई भन्ने मान्यताका आधारमा नेकपा एमालेमाथि प्रहार भइरहेको छ । हामीले भन्नसक्नुपर्छ, नेकपा एमाले यतिबेला सरकारमा छैन, तर प्रहारको निशानामा नेकपा एमाले छ । सत्तामा रहनेहरुको प्रहारको निशाना एमाले, आफूलाई वैकल्पिक शक्ति भनेर पुराना होइन, नयाँ भन्नेहरुको प्रहारको निशाना पनि एमाले, परिवर्तन असफल भयो, अब राजा नै चाहिन्छ भन्नेहरु प्रतिगामीको प्रहारको निशाना पनि एमाले । के नेकपा एमाले अहिले सरकारमा छ र ? प्रतिपक्षमा रहेको यो पार्टीमाथिको प्रहार किन रु हामी सबैले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । यो एमालेमाथिको प्रहार होइन, देशभक्त शक्तिमाथिको प्रहार हो । यो एमाले नेतृत्वमाथिको प्रहार होइन, नेपाली जनताको भविष्यमाथिको प्रहार हो ।’
महासचिव पोखरेलले राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब नेकपा एमाले संवद्ध युवा विद्यार्थी संगठनहरु जुर्मुराएको बताए । उनले मंसिर ७ एक किसिमले नेकपा एमालेका वार्मअप मात्रै भएको बताए ।
























