काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

भूकम्प प्रभावितहरूको पुनः स्थापना र पुननिर्माणमा सहयोग गर्न कर्णाली लागे एमालेका ११ सय स्वयंसेवक

4.94K
shares
khanepani bord

काठमाडौं । भूकम्प प्रभावितहरूको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न नेकपा एमालेको स्वयंसेवक टोली काठमाडौंबाट कर्णालीतर्फ लागेको छ ।

कात्तिक १७ को जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घरबारविहीन नागरिकको पुनःस्थापना र पुननिर्माणमा सहयोग गर्न आइतबार पार्टीको स्वयंसेवक दस्ता त्यसतर्फ प्रस्थान गरेको हो ।

केन्द्रीय सदस्य किरण पौडेल संयोजक रहेको टोलीलाई शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले निर्माण सामग्री हस्तान्तरण गरी बिदाई गरेका थिए । भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्णरूपमा क्षतिग्रस्त छन् । ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको छ ।

एमालेको स्वयंसेवक टोलीमा सबै प्रदेश र जनवर्गीय संगठनका गरी ११ सय जना छन् । एक टोलीमा २५ जना रहने गरी ४० अलग-अलग टोली निर्माण गरी फरक पालिकामा खटिने एमालेले जनाएको छ ।

४० टोलीले भूकम्प प्रभावित क्षेत्रका अलग अलग स्थान छनोट गरी पिडितहरुको पुनःस्थापना र घर टहरा पुननिर्माणमा सहयोग गर्ने पौडेलले बताए । टोलीले दुई साता काम गर्नेछ । पुनःस्थापना र पुननिर्माण नसकिए आवश्यकताअनुसार समय बढाएर सहयोग गर्ने पौडेलले जानकारी दिए ।

टोलीले बढी प्रभावित क्षेत्रमा पुगेर भग्नावशेष हटाउने र आवश्यकता अनुसार घर टहरा निर्माण गर्नेछ । त्रिपालमुनि बसिरहेका पीडितको पुनःस्थापनामा केन्द्रित भई भग्नावशेष व्यवस्थापनसहितको पुन:निर्माण अभियान सुरू गरिने संयोजक पौडेलले बताए ।

कहाँबाट कति स्वयंसेवक ?

– लुम्बिनी प्रदेश : २०० जना

– कर्णाली प्रदेश : १५० जना

– सम्पर्क : १०० जना

– सूदूरपश्चिम प्रदेश : ५०

– बागमती प्रदेश : ५०

– गण्डकी प्रदेश : ५०

– विशेष प्रदेश : ५०

– कोशी प्रदेश : ५०

– मधेस प्रदेश : ५०

IME
khanepani