आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

काठमाडौ । काठमाडौ आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।

गत शुक्रबार छापावल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँ ताेकिएकाे थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सोही मूल्य कायम गरेकाे छ।

त्यस्तै, आज चाँदी पनि प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

३,मंसिर.२०८०,आईतवार ११:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्