काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्...

पुरा पढ्नुहाेस्

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मंसिर ५ देखि काठमाडौंमा हुने

4.23K
shares
khanepani bord

काठमाडौं । दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि ९ गते सम्म काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शनीको आयोजना गरिएको जानकारी गराएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्र लगाएत चीन अमेरिका लगाएत १५ भन्दा बढि देशका प्रकाशक, उत्पादक तथा वितरकहरुको सहभागीता रहने सघंका महासचिव शिवसागर शर्माले जानकारी दिनुभयो । प्रदर्शनीको १५ लाखले अवलोकन गर्ने अपेक्षा रहेको उनले बताए ।

महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।

IME
khanepani