गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

माओवादी–नेसपा वार्ताः बाबुराम र प्रचण्डकै संयोजकत्वमा पार्टी एकता समिति बनाउन सुझाव

5.02K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको वार्ता समितिले प्रचण्ड र बाबुराम भट्टराईकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन सुझाएको छ ।

नेपाल समाजवादी पार्टी (नेसपा)ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाएको छ । त्यसको पूर्वसन्ध्यामा दुबै दलको वार्ता टोलीको बैठक आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको थियो । बैठकले अध्यक्षहरुकै नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिएको छ ।

नेसपाका वार्ता टोली संयोजक एवं पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ भन्छन्, ‘हामीले दुबै पार्टीलाई अध्यक्षकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन र त्यहीँ वैचारिक र नीतिगत विषयहरुमा छलफल गरेर टुंग्याउन सुझाएका छौं ।’

IME
khanepani