काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

केयुकेएलमा सिइओ छनोटको पहिलो चरणको सात जनाको नाम यसै हप्ता सार्वजनिक हुने ?

15.46K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)को सिइओ छनोटको पहिलो प्रक्रिया अगाडि बढ्ने भएको छ । यहि हप्ता भित्र सिइओ छनोटको लागि सात जना उम्मेदवारको नाम केयुकेएल सिइओ छनोट समितिले सार्वजनिक गर्ने तयारी गरेको समाचार स्रोतले दावी गरेको छ ।

केयुकेएलबाट ५ जनाले दरखास्त दर्ता गरेका छन भने केयुकेएलको ज्ञान नभएका बाहिरबाट तीन जनाले दर्खास्त दर्ता गरेका छन ।
प्राप्त समाचार अनुसार, केयुकेएलका पाँच जना र बाहिरबाट २ जनाको नाम पहिलो चरणमा सार्वजनिक हुने भएको छ । केयुकेएलबाट दश तहका प्रकाश कुमार राई, नौ तहबाट क्रमशः रमेश केसी, अर्जनबाबु ढकाल, डाक्टर डोल प्रसाद चापागाई र उमेशकुमार मरठ्ठा रहेका छन । बाहिरबाट दर्खास्त दर्ता गराउने राजेन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल र दिपेन्द्र कुमार देब रहेका छन ।

दिपेन्द्र कुमार देव पहिलो चरणमै बाहिरिने उम्मेदवार बन्ने सम्भावना बलियो देखिएको छ । उनले उम्मेदवारीको दर्खास्त नै फिर्ता लिने सम्भाबना बलियो देखिएको छ । उनले दर्खास्त दर्ता गराए पनि आवश्यक कागजात पुरा नगरेका कारण उनी प्रतिपर्धाबाट वाहिरिने सम्भावना देखिएको हो । यस सम्बन्धमा केयुकेएल स्रोतसँग बुझ्न खोज्दा अनविज्ञता प्रकट गरेका छन ।

IME
khanepani